शिक्षा विकास तथा समन्वय एकाइको मुख्य दृष्टि (Vision) गुणस्तरीय, समतामूलक र प्रविधिमैत्री विद्यालय शिक्षाको विकास गर्नु हो भने यसको लक्ष्य (Goal) संघीय तथा स्थानीय तहबीच समन्वय गर्दै शैक्षिक सुशासन कायम गर्नु र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु हो।
दृष्टि (Vision)
- गुणस्तरीय र जीवनोपयोगी शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउने।
- सक्षम, नैतिकवान् र सिर्जनशील नागरिक तयार पार्ने शैक्षिक वातावरण बनाउने।
- विद्यालय शिक्षामा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने।
लक्ष्य (Goal)
- स्थानीय तह र केन्द्रीय निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने।
- शैक्षिक नीति, नियम तथा कार्यक्रमहरूको कार्यान्वयनमा सहयोग पुर्याउने।
- शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन र अभिलेख अद्यावधिक गर्ने।
- परीक्षा प्रणाली, छात्रवृत्ति वितरण र शैक्षिक तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित गर्ने